तराईका नाका तस्करीको प्रमुख केन्द्र बन्दै

16.2k Shares

काठमाडौँ । पछिल्लो समय तराईका नाका  तस्करीको प्रमुख केन्द्र बन्दै आएका छन् । सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सिरहाको ठाढी, माडर र बरियारपट्टी, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाहीको लक्ष्मीपुर, छतोनाओकास, बलरा, अर्नाहा, मधुवनी, बहादुरपुर, बाराउधोरन, तेनहारा, मलंगवा, लचका, त्रिभुवननगर, नारायणपुर, पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इPनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाका पनि तस्करका लागि सुरक्षित मानिन्छन्। यी नाकाबाट पछिल्लो समय मदिरा, मरिच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाउँदो छ।

राजस्व अनुसन्धान विभागले राजस्व छलीको शंकामा तराईका भन्सार नाकाबाट छुटेका दुईवटा भारतीयसहित २० वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।विभागले करोडौं मूल्यका सामान आयातका क्रममा नियन्त्रणमा रहेका ट्रक छानबिन गरेर छाड्ने वा मुद्दा चलाउने निर्णय हुने जनाएको छ ।मुलुकमा राजस्व संकलन न्यून भएर साधारण खर्च धान्नसमेत कठिन भएका बेला भन्सार नाकाहरुबाट हुने आयातमा बढी निगरानी गरिएको छ ।विभागका प्रवक्ता तथा उपमहानिर्देशक प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार ती ट्रकहरु वीरगन्ज, विराटनगर, भैरहवा, रसुवा भन्सारबाट काठमाडौं आउने क्रममा बाटैबाट नियन्त्रणमा लिइएको हो । सामान बोकेका केही ट्रक चोभार सुख्खा बन्दरगाहबाट नियन्त्रणमा लिइएको छ ।

अहिले नियन्त्रणमा लिइएका कन्टेनरहरू पुल्चोकस्थित विभागको हातामा राखिएको छ । विभागले नियन्त्रणमा लिइएका ट्रक जाँच गरेर अनुुन्धान भइरहेको जनाएको छ । विभागले विशेष सूचनाका आधारमा राजस्व आयात गरिएका सामानहरुमा तयारी कपडा, जुत्ता, हार्डवेयर, कस्मेटिक, टायल, ब्लाङ्केट, चामललगायतका छन् ।नियन्त्रणमा लिइएका ट्रकमध्ये दुईवटा भारतीय छन् । विभागको हातामा ट्रक तथा कन्टेनरहरु भरिभराउ देखिएका छन् । प्रवक्ता उपाध्यायले मुख्यतः भन्सारबाट छुटेका ट्रकका सामानको मूल्याङ्कन दर, गुणस्तर, परिमाण र त्यसका आधारमा आयातकर्ताले तिरेको राजस्व रकममा आधारित भएर अनुसन्धान गरिने बताए । केही कन्टेनर भने जाँच गरिसकेको उनले बताए । विभागको ५० लाखसम्मको बिगो कायम भएमा आयातकर्ताले जरिवाना वापत उक्त रकम तिरेर सामान लैजान सक्ने बताइएको छ । तर ५० लाखभन्दा बढी बिगो रकम तिर्नुपर्ने देखिए आयातकर्ताविरुद्ध मुद्दा दायर गर्ने कानुनी प्रवधान रहेको छ । त्यस्तो अवस्थामा सामानसमेत जफत हुने दाबीसहित मुद्दा दायर हुनेछ । अचेल सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार सुरु हुन्छ । नाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ ढुवानी हुन्छ। सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्द सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्। तस्करको जालो कतिको मजबुत छ भने तथ्य भन्सार असुलीको तथ्यांकबाट समेत प्रष्ट हुन्छ। राज्यकोषलाई धारासायी बनाउँदै व्यक्तिलाई आर्थिक हिसावले बलियो बनाउने तस्करी धन्दा फस्टाउँदा भन्सार असुली निकै कमजोर बनेको छ।

सम्बन्धित समाचार