काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।
आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी १ हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३७ सय ९० जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका २३ सय ८८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ३५ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन् ।
आजसम्म देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७५७ पुगेको छ ।