चट्याङ लागेर प्यूठानमा एक जना घाइते

15.6k Shares

प्यूठान/प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । प्यूठान नगरपालिका-६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए ।

चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

सम्बन्धित समाचार