सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

15.6k Shares

काठमाडौं, २८ फागुन सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्

उनका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए ती मध्ये १९ जना घाइते भएका छन् उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको

सम्बन्धित समाचार