रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

1k Shares

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक बालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ घरनजिकै बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले बालकको टाउकोमा एक्कासि ढुङ्गा प्रहार गरेका थिए ।

गम्भीर घाइते बालकलाई उपचारका लागि सुरुमा पिपल स्वास्थ्य चौकी लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएकोमा शुक्रबार राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार