819
Shares
काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेरे २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो । मंगलवारदेखि लगातार घटेको सुनको भाउ शुक्रवार र आइतबार बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ३ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।