‘समकालीन’ को डेब्यु सिंगल ‘लाहुर’ सार्वजनिक, पहिलो प्रयासमै बलियो प्रस्तुति

2.5k Shares

काठमाडौँ । संगीतबाट मनोरञ्जन लिन चाहने स्रोताहरुका लागि नयाँ ब्याण्ड ‘समकालिन’ले भरपुर मनोरञ्जन दिने उद्देश्यलका साथ ‘लाहुर’ बाट आफ्नो सुरुवात गरेको छ ।
नेपाल—नेपाली संगीत बजारमा ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ मार्फत् बलियो उपस्थिति जनाएको छ ।
‘लाहुर’ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ । संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्णरूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका हुन् । तर, संयोगवश त्यही अन्तिम प्रयास नै आज ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ ।
आफ्नो पहिलो सिर्जना ‘लाहुर’ श्रोतामाझ ल्याएसँगै, समकालीन आगामी दिनहरूमा अझ धेरै उत्कृष्ट र मौलिक सिर्जनाहरू पस्कने तयारीमा जुटिसकेको छ । 
ब्यान्डका सदस्यहरू भन्छन्, ‘हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता र समर्थकहरूको माया र साथप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूको यही विश्वासले हाम्रो आगामी सांगीतिक यात्रा अझ अगाडि बढ्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’
समकालिनद्वारा सिर्जित गरिएको ‘लाहुर’ले बलियो उपस्थिति जनाउनुमा भोकल नवराज थापा क्षेत्री,  बेस सरिन के.सी., ड्रम्स निकेश मान जोशी, गिटार क्षितिज शेरचन र प्रज्वल श्रेष्ठलगायत कलाकारहरुले राम्रो बेहनत गरेका छन् । लाहुर हेर्न तथा सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्। Lahura (लाहुर)

सम्बन्धित समाचार