कञ्चनपुरबाट अफिमसहित एक जना पक्राउ

17k Shares

धनगढी, २८ असोज । कञ्चनपुरबाट अफिमसहित एक जना भारतीय सरदार पक्राउ परेका छन्।


शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह रहेका छन्।


उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित समाचार