16.5k
Shares
काठमाडौं, २१ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।
बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो ।
वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ। परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ। तालिका अनुसार जेठ ५ गते शुक्रबारसम्म परीक्षा चल्नेछ ।