काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो ।
अर्को बैठक २५ असोजका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । काँग्रेसभित्र केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको विषय उठाउने तयारी भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार २ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको पुष्टि गरेका छन् । उनले केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने पनि जानकारी दिए ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ । सह-महामन्त्री प्रकाशशरण महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।
काँग्रेसभित्र केन्द्रीय सदस्यहरु गगनकुमार थापा, अर्जुननरिसंह केसी, रमेश रिजाल, अजयकुमार चौरसिया, कल्पना चौधरी, जंगीलाल राय, शम्झुलाल श्रेष्ठ कोरोना संक्रमण भइसकेका छन् ।