ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण   

16.3k Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।    
 

ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।”    
 

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताउनुभएको थियो । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउनु भएको थियो ।    

सम्बन्धित समाचार