सरकार गठनको रस्साकस्सी चल्दै गर्द ओली र भारतीय राजदूतबीच भेटवार्ता

17.3k Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार उनीहरूबीच एक घन्टा बढी छलफल भएको हो ।

राजदूत श्रीवास्तवले संसदमा दोस्रो ठूलो दल बनेको एमाले अध्यक्ष ओलीसँग सत्ता समीकरणबारे जिज्ञासा राखेको एमालेका एक नेताले बताए । "उहाँहरूबीच सत्ता समीकरण र सरकार गठन सम्बन्धमा छलफल भएको हो । दुई देशबीचको हित सम्बन्धमा पनि छलफल भयो", ती नेताले भने । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

सम्बन्धित समाचार