दोलखा । आसन्न मंसिर
४ मा हुने निर्वाचनमा
प्रदेशसभा १ दोलखाबाट गठबन्धनका
उम्मेदवार कुन्दन काफ्लेले अवको आन्दोलन समृद्ध
विकासको आन्दोलन हुने बताएका छन् । गठबन्धनको वृहत
चुनावी सभामा बोल्दै उनले यस्तो बताएका
हुन् ।
उम्मेदवार
काफ्लेले अव राजनीतिक लडाईको
अन्त्य गरी जिल्लालाई समृद्ध
बनाउनतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन सबै गठबन्धनका दलहरु
लागि पर्नुपर्ने बताए । यदि आन्दोलननै
गर्नुपरे शिक्षा, स्वास्थ्य र रोजगारको आन्दोल
हुनेछ । विभिन्न जात,
धर्म र भुगोलका नागरिकलाई
संरक्षण गर्दै अगाडि बढ्ने खालको आन्दोलन हुने धारणा व्यक्त
गरे ।
नेता
काफ्लेले भने, ‘राजनीतिक लडाईका कारण हामीले बनाएको
संविधान र गणतन्त्रको बारम्बार
अपमान भएको छ ।
अव गठबन्धनले ठुलो उपलब्धि हासिल
गर्नुपर्ने छ । त्यही उपलब्धी
हासिल गर्नका लागि हाम्रो गठबन्धन
हो । अरु देश
यस्तो उस्तो भनेर गुनगान गाउनुभन्दा
नेपाल सामाजिक, संस्कृतिक, रानीतिक तथा भौगोलिक हिसावले
भरिपुर्ण देश हो भनेर
अव गठबन्धनको सरकारले चिनाउने छ ।’
कार्यक्रममा
काफ्लेले दोलखाको विकास निर्माणका कार्यमा आफु सदैव लागि
पर्ने बताए । दोलखा धेरै
हाइड्रोपावरको सम्भावना बोकेको जिल्ला भएका कारण हाइड्रोको
स्तरउन्नतीका लागि केन्द्र र
प्रदेशसम्म पुगेर लडाइ गर्ने बताए ।
उनले
भने, ‘विगतदेखि चर्चामा रहेको अपर तामाकोशीको क्षमता
कति हो अपर तामाकोशीको
स्थापना कालदेखी पार्टी नेतृत्वमा को–को हुनुहुन्छ । अपर तामाकोशीको
लगानी कति हो र
अहिले कति पुग्यो लगायतका
कुराको जानाकारी हामीले हरेक नागरिकलाई गराउने
छौँ ।’
दोलखामा
एमालेले दोलखामा धेरै झुटको खेती
ग¥यो । विकास निर्माणका
काम गर्ने भन्दै एकछत्र राजनीति ग¥यो, अव
एमालेले गरेको एकछत्र राज र विकास
निर्माणका काममा भएका हरेक भ्रष्ट्राचारको
उन्मुलन गर्नकालागि गठबन्धन लागि परेको छ ।
दोलखाको
राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन
गर्दा समेत जिल्लाको विकास
र जनताको पक्षमा केही उपलव्धि हुन
नसकेकोमा समेत काफ्लेले आपती
जनाए ।
बाम
लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले दोलखामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको
दावी गरेका छन् ।
दोलखा
प्रदेश सभा ‘क’ मा
उम्मेदवार बनेका काफ्लेले गठबन्धनका दलहरु एकतावद्ध भएर चुनावमा होमिने
र मंसिर ४ गते दोलखाको
जनमत गठबन्धनको पक्षमा उत्रिने बताए ।
स्थानीय
तहवाट दोलखामा पहिलो र दोश्रो शक्ति
बनेको नेपाली कांग्रेस र नेकपा माओवादी
केन्द्र तथा नेकपा एकिकृत
समाजवादी समेतको मत जोड्दा गठबन्धनको
पक्षमा दोब्बर मत हुने उनको
दावी छ ।
दोलखाको
राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन
गर्दा समेत जिल्लाको विकास
र जनताको पक्षमा ठोस उपलव्धि हुन
नसकेको भन्दै उम्मेदवार काफ्लेले एमालेको जनमत दिनप्रति दिन
खस्किदै गएको बताए ।
दोलखामा बामगठबन्धनवाट राजनीतिमा खारिएका पुराना नेता र युवा
पुस्ताको नेतृत्वलाई समायोजन गरेर उम्मेदवारी दर्ता
भएपछि जिल्लावासीमा नयाँ उत्साह छाएको
उनको भनाई छ ।
पूर्वाधार
विकास र सामाजिक विकासले
दोलखालाई नमूना बनाउने र जनताको जीवनस्तरलाई
माथि उठाउनु गठबन्धनको मुख्य उद्धेस्य र लक्ष्य रहेको
काफ्लेले बताएका छन् ।