मकवानपुरमा बस दुर्घटना: दुई जनाको मृत्यु, ९ घाइते

15k Shares

काठमाडौं, ४ चैत  । मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन् । हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको रिमालले बताए । 

सम्बन्धित समाचार