मञ्जुश्री असहाय संरक्षण केन्द्रद्वारा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु सम्मानित

18.4k Shares

काठमाडौं फागुन २२ । मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  पारेर हिजो शनिबार  विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने ५ जना नारीहरुलाई उत्कृष्ट अन्तर्राष्ट्रिय नारी सम्मानबाट सम्मानित गरेको छ । 

सम्मानित हुनेहरुमा युवा व्यवसायी रन्जु तण्डुकार, जेष्ठ नागरिक मिना मोक्तान, समाजसेवी अभियन्ता बेबि राजभण्डारी, समाजसेवी रिमा सापकोटा र सञ्चारकर्मी कमला जोशीलगायत समाजमा योगदान पु¥याउने महिला दिदी बहिनीहरुलाई मायाको चिनोबाट सम्मानित गरेको समाजसेवी, कलाकार तथा सो संस्थाको सल्लाहाकार जानकी बज्राचार्यले जानकारी गराउनुभएको छ ।


सम्मानित नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ्गले सम्मान पत्रले सम्मान गर्नु भएको थियो भने समाजमा योगदान पु¥याउने महिला दिदी बहिनीहरुलाई मायाको चिनोसमेत वितरण गरिएको थियो । कार्यक्रमका बिशेष अतिथीमा ओरेक नेपालका अध्यक्ष डाक्टर रेनु राजभण्डारी र आफन्त नेपालका प्रमुख ईन्द्र राज भट्टराई हुनुहुन्थ्यो ।


मन्जुश्री असाहय संरक्षण केन्द्रका महासचिव कमला अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रम मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाकी अध्यक्ष मिना बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । भद्रकालिस्थित महिला आयोगमा आयोजित सो कार्यक्रममा केन्द्रीय अध्यक्ष मन्जु खाँडलगायतका बक्ताहरुले ११२ औं महिला दिवसको बारेमा आ—आफ्नो धारणासहितको मन्तब्य राख्नु भएको थियो ।


सम्बन्धित समाचार