बालकुमारीको मूर्ति बाजागाजासहित मन्दिरमा भित्राइयो

19.8k Shares

काठमाडौं, २८ माघ  । ललितपुर सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति बोरामा फालिएको अवस्थामा भेटिएपछि बाजागाजासहित मन्दिरमा भित्राइएको छ ।

आज बिहान ललितपुर महानगरपालिका १५ हात्तीवन गैरीगाउँको करुणा मन्दिर बाहिर पेटीमा बोरामा फालिएको अवस्थामा फेला पारी पुनः मन्दिरमा भित्राइएको हो ।

गएको माघ ९ गते ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले बिहान फेला पारिएको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार