देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता हुँदै

19k Shares

काठमाडौं, २३ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

देउवा र ओलीबीच आइतबार अपराह्न भेटवार्ता हुन लागेको ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए ।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार जान लागेका हुन् । गएको पुस २४ गते देउवा ओली भेट्न बालकोट पुगेका थिए । त्यसयता आज भेट हुन लागेको हो ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

सम्बन्धित समाचार