मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी

1.1k Shares

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ । सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । 

पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने र पूर्वमा केही दिन वर्षा जारी रहने सम्भावना छ । 

सम्बन्धित समाचार