प्युठानको छेडाघाटमा आगलागी : बस्तीका १३ घरपरिवारको घरगोठ जल्यो

3.1k Shares

काठमाण्डौ - प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट शुरु भएको आगो बस्तीमा फैलिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

गएराति पौने १२ बजे शुरु भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीयबासिन्दाको सहयोगमा बिहान ७ बजे मात्रै निभाइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेका छन् । 

आगलागीबाट झन्डै एक करोड बराबरको क्षतिको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार