काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बिहान ११ बजेको मन्त्रिपरिषदको बैठकमा राजिनामा दिन भनिए पनि साँझ मात्र दिने बताएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले आज शुक्रबार अपराह्न ४ बजे पदबाट राजीनामा दिने बताएको मन्त्रिमण्डलमा सहभागी मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । यसबीचमा आर्थिक अनुशासन र अर्थतन्त्रको सुधारमा उल्लेख्य प्रगति हासिल गर्न सकेको कार्यानुभव सुनाएको ती मन्त्रीको भनाइ छ ।
आजको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्मा प्रस्ताव नआएको ती मन्त्रीको भनाई रहेको छ ।