सर्वोच्च नेताको हत्यापछि इरानमा शोक र उत्सव

5.6k Shares

अमेरिकी र इजरायली हवाई आक्रमणमा खामेनी मारिएको खबरपछि इरानका केही नागरिकहरूले खुसी व्यक्त गरे।
इरानका केही सहरहरूमा उत्सव मनाइएको भिडियो बीबीसी पर्सियनले प्रसारण गरेको छ।
सरकार समर्थकहरूले सर्वोच्च नेताको मृत्युमा शोक व्यक्त गर्न कार्यक्रमको आयोजना गरे।
तेहरान । अमेरिका र इजरायली हवाई आक्रमणमा सर्वोच्च नेता आयतुल्ला अली खामेनी मारिएको खबर सुनेर इरानमा केही नागरिकहरूले खुसी व्यक्त गरेका छन् । बीबीसी पर्सियनले इरानका केही सहरहरूमा भएको उत्सवको भिडियोहरू प्रसारण गरेको छ ।

तर आइतबार बिहान सडकमा सर्वोच्च नेताको मृत्युमा शोक व्यक्त गर्नका लागि आयोजित कार्यक्रम समर्थकहरूद्वारा देखिएका छन् । समय बिहानको भएकाले दिनको अन्त्यतिर अवस्था फेरिन सक्ने अनुमान गरिएको छ ।

इरानको मध्यभागको इस्फहान सहरका सडकमा मानिसहरू खुशीले हर्ष ध्वनि गर्दै र कार हर्न बजाउँदै निस्किएका छन् । केही प्रदर्शनकारीले पनि घर र सडकमा उत्सव मनाएका छन् । तेहरान नजिकको सहर करजमा पनि उत्सव भएको रोयटर्सले जनाएको छ । 

समाचार एजेन्सीहरूका अनुसार तेहरानबाट सार्वजनिक गरिएका तस्बिरमा भने केही मानिसहरूले खमेनीको फोटो समातेर शोक प्रकट गरिरहेका देखिन्छन् ।

सम्बन्धित समाचार