३ तीन दिनमा ५१ वटा फर्ममा अनुगमन, २ लाख रुपैयाँसम्म जरिवाना

6.6k Shares

काठमाण्डाै – सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनमा ५१ वटा फर्ममा अनुगमन गरेको जनाएको छ ।

विभागले तीन दिनमा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुरमा ५१ वटा फर्ममा अनुगमन गरि केहीलाई जरिवाना र धेरैजसो फर्मलाई सुधार्न निर्देशन दिएको छ । कैफियत भेटिएपछि कुनैलाई अधिकतम २ लाख १ हजार रुपैयाँसम्मको जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम त्यस्ता फर्मलाई कारबाही गरिएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, गुणस्तर, मूल्य र नापतौल हेरफेरलगायतमा जरिवाना गर्ने गरेको छ ।

विभागले पैठारी, उत्पादन तथा बिक्री/वितरण हुने हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य अङ्कित गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको छ ।

सम्बन्धित समाचार