बालेनले मेयर पदबाट दिए राजीनामा

6.9k Shares

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा रहेका बालेनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

बालेनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।

राजीनामा पत्रमा बालेनले आइतबारकै मितिदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । पदमा रहँदा आफूले महानगर र नगरबासीको हितमा सकेसम्म इमान्दारीतापूर्वक काम गरेको उल्लेख गर्दै उनले महानगरको आगामी नेतृत्वलाई शुभकामना समेत दिएका छन् ।balen-rajinama-1-1060x1536.jpg

सम्बन्धित समाचार