नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

5.5k Shares

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी  भएकी छन् । 

काउन्सिलको हालै सम्पन्न निर्वाचनमा मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गरेकी हुन् ।

यस्तै आठ जना सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव निर्वाचित भएका छन् । 

यस्तै, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत पनि निर्वाचित भएका छन् । काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खसेको थियो ।

सम्बन्धित समाचार