सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

4.5k Shares

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ रुपैयाँमा सीमित बनेको छ । 

सम्बन्धित समाचार