मेस्सीसहित पीएसजीका चार खेलाडी काेभिड संक्रमित

18.7k Shares

काठमाडौं, १९ पुस । स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो । यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।

सम्बन्धित समाचार