नुहाउने क्रममा बेपत्ता व्यक्तिको शव फेला

4.4k Shares

काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षीय देवेन्द्र भट्टराईको शव फेला परेको छ । 

सशस्त्र प्रहरीले आज उनको शव फेला पारेको हो । उनीसँगै नुहाउन गएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षीय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल पठाइएको छ । 

उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भीमराज काफ्ले नुहाएर फर्कँदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुबेको जानकारी गराएका  थिए । सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं। ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीले रोहित काफ्लेलाई जीवितै उद्धार गरेको थियो ।

भट्टराईको शव घटनास्थल भन्दा करिब ५० मिटर तल फेला पारेको हो । 

सम्बन्धित समाचार