स्वदेशदेखि बिदेश सम्म खैलाबैला मच्चाएको एमसीसी ठेक्कामा भित्र भित्र को खेल्दै छ ?

7.4k Shares
काठमाडौं । एमसिसिको बारेमा भित्र्याउने कि नभित्राउने व्यापक भयो । एमसीसीको बारेमा स्वदेशदेखि बिदेश सम्म खैलाबैला मच्चायो। एमसीसी को त्यो विकास पैसाले उत्पात रुपमै देश हल्लायो नै ।
 
त्यसैगरि पछिल्लो समय एमसीसीको ठेक्का प्रक्रियामा पनि भित्र भित्रै अर्कै खेल भए पछि खैलाबैला मच्चिएको समाचार छ ।
ठेक्का प्रक्रियामा अर्थात काम लगाउने कुरामा एमसीसीका कर्मचारी ले महिनौं हल्लाका छन् ।
 
काममा अबरोध पुर्याएको समाचार प्राप्त भएको छ । पुर्वगृहमन्त्री रमेश लेखक र आरजु राणा भाउजूको पत्रलाई दिनु पर्ने, दिलाउनु पर्ने कारण के हो ?
 
कालो सुचिमा भएको कम्पनीले कालो सुचि हुँदा पनि ठेक्का हाल्ने । अनि फेरि ईभियालुसेसन कमिटीमा शर्मा थर कै मान्छे अघि सार्ने काइदा रोचक छ ।
 
कालो सुचिमा परेको शर्माऐन्ड कम्पनीकै हालिमुहाली हुने संकेत प्रष्ट छ । अनि एमसीसीका उच्च अधिकरीहरूलाई कन्फियुज ब्रिरिफिङ गरेर समस्या देखाउने धन्दा जारी छ ।
 
उक्त अवस्थाका बारेमा माथी सम्म कुरा पुग्ने पक्कापक्की जस्तै भएको स्रोतले अभियान टाइम्सलाई भन्यो। यस बिषयमा सम्बन्धित अर्थ मन्त्रालय सचिब र मन्त्री समक्ष पनि जानकारी हुन जरुरी छ । नत्र लेखक र भाउजूहरूका मान्छे बढि दर रेटमा ठेक्का पाउने चिन्ता बढेको छ ।
सम्बन्धित समाचार