काभा कप पुरुष भलिबलमा तुर्कमेनिस्तानसँग नेपाल सोझो सेटमा पराजित

7k Shares

काठमाण्डौ – बङ्गलादेशमा आजदेखि शुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमै नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकामा रहेको इन्डोर हलमा आज बिहान भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल तुर्कमेनिस्तानसँग २५–२२, २५–१८ र २७–२५ को सेटमा हार्‍यो । अन्तर्राष्ट्रिय भलिबलमा कम अनुभवी र नयाँ खेलाडीहरु रहेको नेपाली टोलीमा अनुभवको कमी देखिँदा पहिलो खेलमै पराजित भएको हो । अब नेपालले आफ्नो दोश्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

सम्बन्धित समाचार