8.7k
Shares
सुनसरी – इटहरी उपमहानगरपालिका वडा नम्बर २० को इटहरी–धरान सडकखण्डमा रहेको पानीपिया जङ्गलमा स्कुटर र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
इटहरीबाट धरानतर्फ गुडिरहेको बस र विपरीत दिशातर्फ गुडिरहेको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।