तौलिहवा(कपिलबस्तु), साउन ९ गते । अत्यधिक गर्मीका कारण जिल्लाको कपिलबस्तु नगरपालिका र बाणगंगा नगरपालिकाकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।
तराई क्षेत्रमा बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई भएकोे कपिलबस्तु नगरपालिकाले आईतबार देखि मंगलबारसम्म गर्मी बिदा दिएको हो ।
गर्मीका कारण बालवालिकाहरुको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै बिदा दिइएको कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलले बताउनुभयो।
त्यस्तै केहि दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै बाणगंगा नगरपालिकाले तीन दिन बिदा दिइएको हो ।
नगर शिक्षा समितिको निर्णयानुसार नगरपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आईतबार देखि मंगलबार सम्म गर्मी बिदा दिइएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो ।