प्रजातन्त्रकाे आधुनिक बैज्ञानिक नाम प्रजामन्त्र राख्ने कि ?

7.2k Shares

- डी.बी. नेपाली 
मानव सभ्यता र विकासकाे पछिल्लाे लगभग पाँच सय बर्ष यताकाे इतिहासकाे चानपुराइकाे इतिहासलाई काेट्ट्याएर हेर्ने हाे भने, भनाइमा त जनताद्वारा,जनताकाे लागि,जनताकाे व्यवस्था भन्ने मन्त्र बडाे गर्वसाथ लिने गरेकाे देखिन्छ । यसाे झट्ट हेर्दा जनताका प्रतिनिधि जनताद्वारा नै चुनिन्छन्,तीनै जनताद्वारा चुनिएका जनप्रतिनिधिहरु बिचबाटै जनताकाे सरकार पनि निर्माण हुन्छ ।

राष्ट्रकाे विकास, सुशासन, न्याय कानुनका याेजना र नियमहरु तीनै जनप्रतिनिधिकै मतकाे आधारमा निर्माण गरिन्छन् । सम्मानित संसद हुन्छ,सम्मानित मन्त्रीमण्डल हुन्छ, सम्मानित अदालत हुन्छ । सम्मानित संसदमा जनताद्वारा, जनताकाे  लागि चुनिएका सम्माननिय सांसदहरु हुन्छन्, उनिहरुकाे अवधी भर र संसद चलुन्जेल आआफ्नु चुनाव क्षेत्र र त्यहाँकाे अवस्था र जनताले भाेग्नु परेका मानवीय या दैवी प्रकाेप तथा त्याे क्षेत्रकाे विकासका याेजनाहरुबारे कुर्सीताेड बहस र छलफल हुन्छ तर अन्तमा भने जसकाे लाठी उसकाे भैंसी हुन्छ यही नै आधुनिक प्रजातन्त्रकाे मन्त्र हुन्छ । एउटा सामान्य अफिसमा अफिस सहायक कमसेकम एसएलसी गरेकाे हुनु पर्ने कानुन बनाउछन पाँच क्लास पनि नपढेका सांसदहरु क्या गजब ? डाक्टर, इन्जिनियर, कर्मचारी, वकिल, शिक्षक तथा अफिस सहाक समेत पढेकाे चाँहने तर देश बनाउने सिङ्गाे राष्ट्रले सम्मान गर्नु पर्ने सम्माननियहरुकाे भने कुनै पनि याेग्यता नचाँहिने वाह रे प्रजातजन्त्र ? 

याे संसारमा प्रजातन्त्रकाे जन्मसंगै जन्मियका दक्षिण (Rightist), वाम (Leftist) तथा तेस्राे समाजवादी (Socialist) यी तिनवटा राजनीतिक  शक्ति अलग अलग विचारकाे कुम्लाे बाेकेर जनतालाई उल्लु बनाउदै , संसद र विचारमा एक अर्कामाथि दाेषाराेपणकाे नाटक गर्दै आम नागरिकलाई या बहुसंख्यक जनतालाई किसान, मजदुर र दास बनाउदै उनिहरुकाे मेहनत या परिश्रमकाे फल बेचेर, लुटेर माैज मस्ती गर्दै आएकाे दिनकाे घाम जस्तै छर्लङ्ग छ ? प्रजातन्त्र या लाेकतन्त्रकाे धनाड्य ब्यापारीहरुका दलालहरुले जति बखान गरे पनि आँखिर प्रजातन्त्र र लाेकतन्त्र लाेकलाई मन्त्रमुक्त पारेर लाेककाे ढाड सेक्ने व्यवस्था हाे भन्ने छर्लङ्गै भै सकेकाे छ । अर्काेतिर यिनै ५%काे दलाली गर्ने व्यवस्था ठिक छैन जनताकाे जनवादी अधिनायकत्व कायम गर्नु पर्छ भन्ने कम्युनिष्ट प्रणाली मार्क्सले व्याख्या जेजस्ताे गरेका थिए र उनकै विचारलाई सिढी बनाएर सामन्त र प्रजातन्त्रकाे खेदाे खन्ने भनेर लागेका कम्युनिस्टहरु पनि माओकाे अवसान पछि खसीकाे टाउकाे देखाएर कुकुरकाे मासु बेच्न थाले र ५% काे दलाली गर्ने व्यवस्थाकै पुच्छर बनेर नवसामन्तकाे रुपमा स्तरहीन राजनीतिमा घीन लाग्दाे तरिकाले प्रवेश गर्न थाले पछि साम्यवादकाे कुरा त वहसमा छ तर ब्यबहारमा कल्पना भन्दा बाहिर पुगेकाे देखिन्छ।

हिजाे संसार भरिमा सामन्ती राजा या शासन व्यवस्ता क्रुर रुपमा दमन गरेर बहुसंख्यक जनतालाई समेट्ने प्रयासमा युद्धरत थियाे भने आजकाे प्रजातन्त्रिक र गणतान्त्रिक व्यवस्था हिजाेका सामन्तहरुले एक बनाएका राष्ट्रहरु या जनताहरुलाई अत्यन्त उन्नत र सुशासनकाे नाममा टुक्राटुक्रा पारेर आपसमा कहिलै नसुल्झिने गरी क्षेत्रिय, जातीय र धार्मिक द्वन्दमा अल्झाएर बारुद बेच्ने ब्यापारीहरु, धर्मकाे नाममा समाज टुक्र्याउने धार्मिक ब्यापारीहरुलाई साधुसन्तकाे मास्क पहिराएर अर्वपति, खर्वपति सन्तहरुकाे दलालीमा लागि परेकाे देखिन्छ । राष्ट्र निर्माण र सुशासनकाे वकालत गरी नथाक्ने नेताहरुले जुन राजनीतिक विचारकाे परालकाे भारी बाेके पनि वर्तमान राजनीति र राजनेताहरुकाे करनी र कथनीकाे वास्तविकतामा झाँक्ने हाे भने ब्यापारीहरुकाे दासताकाे भारी बाेक्ने गरेकाे छर्लङ्ग देखिन्छ । जनताले दुइछाक टार्न गिट्टी बालुवा जम्मा गर्दा पनि ढाड सेकेर कर लिने, कर तिर्न नसके उसकाे राेजी राेटी खाेसी दिने तर ठुला ब्यापारीले अर्वाैं कर छली गर्दा पनि कर लिन नसक्ने कुनै साहसी हाकिमले कर असुल गर्न खाजे उसकाे जागिरसम्म खाइ दिने, जनताले १०० रुपैयाँ विद्युत महसुल तिर्न नसके लाइन काटी दिने जुर्माना लगाउने तर व्यापारीले कराेडाैंकाे विद्युत महसुल नतिर्दा पनि न महसुल उठाउन दिने, न लाइन काट्न दिने । याे कस्ताे लाेक गणतन्त्र हाे ? नियम कानुन पनि जनता माथि मात्र‌ै लागु हुने याे कस्ताे जनताकाे शासन हाे ? सत्तामा हुने या ठुला दलका नेताहरुले भ्रष्टाचार,तस्करी,कमिशन जति खाए पनि हुने,उद्याेगहरु सबै बेचे पनि हुने,मानव तस्करी गरे पनि हुने, राताे पासपाेर्ट बेचे पनि हुने । आफ्नु संस्कार र धर्म बेचे पनि हुने, तर अरुकाे मुत हाेली वाइन भन्दैे खान लाज पनि नलाग्ने ? अनि यही हाे लाेक गणराज्य र  लाेक गणतन्त्र भनेकाे ? याे कदापि प्रजातन्त्र हुनै सक्दैन याे त जनतालाई मन्त्र मुग्द बनाएर देश र जनता लुट्ने लुटतन्त्र हाे । अब अहिलेकाे वर्तमान राजनीतिलाई गणतन्त्र प्रजातन्त्र नभनेर प्रजामन्त्र भन्ने कि ?

सम्बन्धित समाचार