काभ्रेपलाञ्चोक । बैकल्पिक राजमार्गको रुपमा रहेको बनेपा नगरपालिका वडा नं. ४ र १ को सीमास्थलमा रहेको पुल क्षमताभन्दा बढी सवारी साधनको चाप र ठूला ठूला मालबाहक गाडी कुदाएका कारण भाँचिएको छ ।
बनेपा सांगा बाटो बिस्तारको लागि निर्माण कार्य भइरहेको कारण बनेपा, नाला भक्तपुर सडक भएर सो पुलबाट दैनिक हजारौं टिप्पर, ट्रक, सार्वजनिक यातायात संचालन हुँदै आएको थियो ।
यसरी उक्त बाटो भएर दैनिकी हजारौं गाड़ी गुड्दा उक्त पुलको क्षमता के अवस्थामा छ कतिसम्म यो पुलले थेग्न सक्छ भनेर राज्यको कुनै निकायको ध्यान नगएका कारण करुणामय, भगवती र मनकामना माइको शक्तिको कारण गम्भीर दुर्घटना भई ठूलो क्षति हुन पाएन ।
बनेपा ४ र १ को सिमानाको पुन्यमति खोलाको पुल भाचिएका कारण सो क्षेत्र भएर आवात जावत गर्ने सवारी साधनहरु चल्न सकेका छैनन् । सो क्षेत्र भएर चल्ने यतायात अबरुद्ध भएका कारण यथा शिघ्र बैकल्पिक पुलको ब्यबस्थाको लागि भक्तपुर सडक डिवीजन कार्यालय लगायत राज्यको सम्बन्धित निकायहरुमा सो क्षेत्रमा जनताले ध्यानाकर्षण गराएका छन् ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।
उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार ठूलो मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।