श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

6.3k Shares

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा हेण्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको देखी बचाउन जाने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 

साथै करेन्ट लागेर घाइते भएकी जैसीको श्रीमतीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार