रास्वपा र राप्रपालाई सभामुखले भने- विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाइदिनुस्

8.7k Shares

काठमाडौं– सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।

प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन सभामुखले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सदन अवरोध गर्दै आएका छन् ।

सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखले आह्वान गरे । 

उनले भने, ‘महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो भएन । निजामती शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाइदिनुहोस् ।’

सम्बन्धित समाचार