विराटनगर महानगरले ल्यायो ४ अर्ब ४० लाख रुपैयाँकाे बजेट

10.5k Shares

काठमाण्डाै – माेरङकाे विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपमेयर शिल्पा निराैला कार्कीले आज नगरसभाको १६औं अधिवेशनमा पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो ।

महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गर्भवती, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरवासीका लागि प्रदान गर्दै आएको शववाहन सेवालाई महानगरले निरन्तरता दिएको छ ।

यस्तै महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको उपमेयर कार्कीले जानकारी दिनुभयाे । ‘कर करले हैन, रहरले तिरौँ’ भन्ने नाराका साथ करदाता शिक्षा अभियान सञ्चालन गरी आन्तरिक आय वृद्धि गरिने महानगरले जनाएकाे छ ।

सम्बन्धित समाचार