वीरगंजको खानेपानी समाधानका लागी मन्त्रालयमा छलफल

8.2k Shares

काठमाडौं– वीरगंजको खानेपानी तथा ढलको समस्या समाधान गर्न खानेपानी मन्त्रालयमा आयोजित एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा खानेपानी आयोजनाहरू सञ्चालन गरिने खानेपानी मन्त्री प्रदीप यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

यस छलफलबाट सकारात्मक परिणाम स्वरूप आगामी साउन महिनाभित्रै वीरगंज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको छ। 

कुल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तिमा ६ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने निर्णयमा हामी पुगेका छौं। यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ।

मन्त्री यादवले भने,‘‘हाम्रो साझा प्रयासले वीरगंज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ, कार्यक्रमा सहभागी सबैलाई धन्यवाद ।’’

सम्बन्धित समाचार