आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.9k Shares

काठमाडौं, १९ जेठ । लमजुङ, मध्यनेपाल नगरपालिका-७ भाटबेशी चिसङकु बस्ने टिकाराम विकको फर्निचर उद्योगमा सोमबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर
नष्ट भएको छ ।

रौतहट, परोहा नगरपालिका-९ रामपुरखाँप बस्ने उपेन्द्र दासको कच्ची घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार