रुकुम पश्चिममा बस दुर्घटना : पाँच जना घाइते

8.9k Shares

सल्यान, वैशाख १२ गते । रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगन्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगन्ज जाँदै गरेको लु. २ ख. ६२७१ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो । घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार