राष्ट्रियसभामा गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

6.9k Shares

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भनिन्, ‘हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्छ ।’

सांसद गङ्गाकुमारी बेल्वासेले सरकारले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्नुपर्ने माग गरिन्। 

उनले भनिन्, ‘अहिले शिक्षकहरू आन्दोलनमा छन्, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई आफ्नो काममा फर्काउन अनुरोध गर्दछु ।’

शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन्। 

सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

सम्बन्धित समाचार