रामहरि थापा
देवता का पनि देवता महनदेव लाई अती मनपर्णे प्रशाद हो गाँजा, भाँग, गाँजाको उपयोगिता र महत्वलाई बुझेर लागु पदार्थबाट जति सक्यो छिटो हटाएर फेरि औषधि र अन्य सामग्रीहरू बनाएर प्रयोगमा ल्याउनुपर्छ । यो नै नेपाली जनताको आर्थिक समृद्धि र उन्नतिको पाटो हो । नेपालमा सबैभन्दा पहिला सनातन धर्म प्रचलनमा थियो । सनातन धर्मको सबैभन्दा राम्रो ग्रन्थ भन्नाले चार वेद थियो । चार वेदमध्ये एउटा वेद थियो अथर्व वेद । जसमा वेदव्यासले हजारौँ हजार वर्षअगाडि लेखेको यो किताबमा धेरै किसिमका बोटबिरुवा जडीबुटीहरूको महत्वपूर्ण परिभाषामध्ये एउटा बिरुवा ‘गाँजा’ यसले खुशी दिन्छ, शान्ति दिन्छ, ध्यान दिन्छ, संसारमा खुशी छाउँछ भनेर वेदमा लेखिएको छ ।

सनातन धर्मकै कुरा गर्दाचाहिँ शिव भगवानलाई बिर्सनु हुँदैन । भगवान् शिवसँग जोडिएर आउने गाँजालाई मानव सृष्टिसँगै देउता र राक्षसबीचको समुद्र मन्थनबाट अमृत निकाल्ने भनेको हलाहल नाउको विष निस्केपछि अब दुवैबीच विवाद उत्पन्न भयो । सो विष खाएपछि मृत्यु हुने भयले गर्दा विवाद साम्य बनाउन भगवान् शिवले हलाहल नामको विष सबै खाएर घाँटीमा राखेको हुँदा वहाँ को नाम निलकण्ठ भोले बाबा हुनगयो । विषको सेवनले गर्दा एकदम छटपटी भएकोले शीतल खोज्दै हिमालएमा जाने क्रममा दुप्चेश्व बास बसेको र गोसाई कुण्ड हुदै हिमालयमा बस्न पुगेको बेला बिषको नसालाई मार्ण शिवजीले बाटोमा दुध, गाजा, भाँग, धतुरो प्रयोग गरेको पनि धार्मिक लेख हरुमा पाइन्छ ।

शिवजी एकदिन घरमा परिवारसँग झगडा भएछ र रिसले शिवजी पृथ्वीलोकको जंगलमा गएर सुत्नुभएछ र व्युँझेपछि वहाँले लिएको छहारी त गाँजाको बोट पो रहेछ । वहाँले त्यसको सेवन गरेपछि शिवजीलाई स्वर्गीय आनन्द आएछ तनावमुक्त भएर घरमा पुगेछन् । त्यसपछि गाँजा शिवजीको प्रिय वस्तु भएको भन्ने किम्वदन्ती पाइन्छ । हामी हाम्रो पूर्वीय दर्शनलाई पच्छ्याउँदै हिँड्दा वा हामी सक्षम र आत्मनिर्भर मात्र होइन हामी विदेशीलाई खाद्यान्न, जडीबुटीलगायल अन्य सामानहरू निर्यात गर्दथ्यौं ।
लिच्छवी कालमा त हामी सुवर्ण युगमा थियौँ भने मल्ल काल र पृथ्वीनारायण शाह काल हेर्ने हो भने त्यतिबेलाका शासकहरूको जनताको लागि सोचेर आत्मनिर्णय गर्दथे । त्यतिबेला नैतिकताको पढाइ हुन्थ्यो । ईश्वरको नाममा सपथ खान्थे र पो घुस खाँदैनथे बेमानी गर्दैनथे डराउँथे । विगतदेखि हालसम्मका शासकहरू जहिले पनि कमजोर मनस्थिति भएकाले विदेशी शासकहरूको गोटी बनिरहेको देखिन्छ । आज आएर बलियो नेपाली काङ्ग्रे र नेकपा एमाले को बलियो दुई तिहाइको सरकार भएको बेलामा साम्राज्यवादी देश अमेरिकाले दोस्रो विश्वयुद्धपछि विश्वमा आर्थिक क्रन्तिको सुरुवात भयो । त्यससँगै नेपालमा गाँजालार्ई आम्दानीको स्रोत बनाइएको थियो ।
झण्डै वार्षिक एक करोड आम्दानी हुन थालेको थियो । त्यसपछि मध्यपश्चिमका पहाडी गाउँहरूबाट प्रशस्तै मात्रामा गाँजा उत्पादन बिक्रीवितरण हुन्थ्यो भने तराईका जिल्लाहरू पर्सा, बारा, धनुषा, सिराहा, महोत्तरी नगदे बालीको ठाउँमा गाँजा, भाङ लगाउन थाले र मनग्य पैसा कमाउन थाले । नेपालको अर्थत्रन्त्र पनि बलियो हुन थाल्यो ।
अमेरिकाले अन्य लागुपदार्थहरू जस्तैः कोकिन, हिरोइन, ब्राउन सुगर, निकोटिनयुक्त चुरोट, ह्वीस्की, ब्रान्डीजस्ता धेरै किसिमका नसालु पदार्थ त्यहाँका नागरिकहरूले सेवन गरेर झुलेर बस्न थाले । कुनै काम नगर्ने त्यसले गर्दा नागरिक बिग्रिने डरले अमेरिकाले लागु औषधिलार्ई प्रतिबन्ध लगाउने क्रममा केही कागज व्यापारीहरूले गाँजाको बोटबाट चार महिनामा लोक्ता तयार हुने र राम्रो कागत तयार हुने भएकोले अमेरिकाको एक कागत कम्पनीलाई कागजको लागि लोक्ता तयार पार्न कम्तीमा पाँच÷सात वर्ष लाग्ने भएकोले बैंकको ठूलो लगानीको कारण प्रतिस्पर्धा गर्न नसकिने हुँदा र गाँजाको लोक्ताबाट हल्का कागज बनेको र पहिलो बाइबल स्वही कागजमा लेखेको भन्ने पाइन्छ भने गाँजाको लोक्ताबाट कपडा बनाई अमेरिकाको पहिलो झण्डा पनि यसै कपडाबाट बनाएको भन्ने कींवदन्ती पाइन्छ ।
त्यसपछि गाँजालार्ई ह्यासीस नभनी यसलार्ई लागू औषधि (म्याराजुना) भनेर अरु लागू औषधिको नाममा लिस्टिङ गरेर १९३७ मा प्रतिवन्ध लगायो र औषधिको लागि भनेर थोरै मात्रामा गाँजा उत्पादन गर्न सरकारले अनुमति दिएको थियो । १९७० मा भने लागुपदार्थचाहिँ पूरै प्रतिबन्ध लगाइयो अमेरिकामा लागुऔषध प्रतिबन्धित भएपछि त्यहाँका हिप्पीहरू ह्यसीस खोज्ने सिलसिलामा इन्डिया हुँदै नेपाल पसे । त्यसपछि काठमाडौँको मरुहिटी, झोछे, न्यूरोड, स्वयम्भूतिर जताततै हिप्पीहरूको जगजगी हुनथाल्यो । गाँजा फ्री भएकोले ठाउँ–ठाउँमा ह्यसीस सेन्टरहरू त्यतिबेला ३० वटा जति खोलेको देखिन्छ र गाँजाको राम्रो व्यापार थियो । अमेरिकी सरकारले आफ्ना नागरिक बिग्रिन लागेको देखेर यूएनसँग मिलेर नेपाल सरकारलाई गाँजामा प्रतिबन्ध लगाउन दबाब दियो ।
यसको बढ्दो व्यापारसँगै लागू औषधिको ऐन जारी ग–यो । लगतै अर्को वर्षमा उत्पादन, बिक्रीवितरण तथा आयात, निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो नेपालमा गाँजा प्रतिबन्ध लगाएको एक महिनापछि बृटिस, इन्डियाले हामीलाई चुरोट बेच्न चाहन्थ्यो । त्यसैले चुरोटमा लत बसाल्नको लागि फ्रीमा जताततै चुरोट बाँड्न थाल्यो ।
चुरोटले क्यासर हुन्छ भने रक्सीले लिवर खराब बनाउँछ । यी हानिकारक चिजहरू हामीलाई लत बनायो र हामीहरूलार्ई नभई नहुने बनाएपछि हाम्रो अर्थतन्त्र विदेश जानेभयो । रक्सीले उत्तेजनामा आउने शरीरलाई हानि हुने काम गर्छ भने चुरोटले बिस्तारै क्यान्सर बनाउने काम गर्छ । तर, नेपलमा उत्पादन हुने गाँजा सालिन चिज हो, यो खाएर खासै असर हुँदैन ।
धेरै खाएमा अमृत पनि विष हुन्छ, त्यसैले गाँजालाई तरिका पु–याएर खानाले स्वस्थ्यको लागि अति राम्रो हुने विश्लेषकहरूको भनाइ छ । नेपालमा गाँजा प्रतिबन्ध लगाउनुअघि नेपाल आयुर्वेद अस्पताल, वैद्यखानाले गाँजाबाट विभिन्न प्रकारको औषधि बनाएको पाइन्छ । रातो गोली कोलेरा हैजाको लागि रामवाण नै थियो । दुग्द वटीः कोलाईटिसको लागि प्रयोग हुन्थ्यो । लक्ष्मी गुलाफ रस स्वास्प्रस्वाससम्बन्धी समस्या (एआरआई, कमन कोल्ड फूलुको लागि प्रयोग हुन्थ्यो । त्रिभुवन त्रिती रस ज्वरोको लागि उपचार गरिन्थो । मानसिक रोग, कुपोषण, झाडा पखला आदि धेरै प्रकारका औषधिहरू बनिसकेको थियो ।
हल बिदेशि हरुले क्यन्स रोगी हरुका लागी बनेका महगा औषधिहरु धेरै जसो गाजा र भाङ्ग बाटनै बनाएका छन् ।
गाँजाबाट औषधि मात्र नभएर मानव जीवनमा प्रयोग हुने गाँजाको बोटको रेसाबाट कपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, कागत, तेल, वायो ग्यासहरू र कस्मेटिक सामानहरू बनाउने । हानिभन्दा फाइदा धेरै हुने भएकोले यसलाई लागुपदार्थमा लिन हुँदैन । गाँजालाई धेरै राज्यले लिगलाइज गरेर केही खाने ठाउँ तोकेर खोलेको ठाउँमा किन्न, खान थोरै मात्रामा केही ग्राम लिएर हिँड्नसमेत पाउने तर त्यस्ता ठाउँहरूको हकमा भने फोटो खिच्न प्रतिबन्ध लगाएको छ । कुनै देशहरू जेल नहाल्ने जरिवाना गर्ने देशहरू पनि छन् भने कुनै देशहरू जेल हाल्ने पनि छन् ।
यतिखेर नेपाली कांग्रेस र नेकपा एमाले को दुबै ठुला पार्टीको दुई तिहाइको सरकर छ । किसानको हितमा काम गर्ने हो भने सुवर्ण युग छ । पहिला गाउँ, सहर सबै ठाउँमा जडीबुटी प्रसोधन केद्रहरू बनाएर सात प्रदेशमा जडीबुटी रिसर्च सेन्टर बनाएर हाम्रो प्रतिबन्धित जडीबुटी गाँजालाई लिगलाइज गरी सरकारको निगरानीमा एकद्वार नीति ल्याएर हाम्रो गाँजा जडीबुटीहरू प्रशोधन गरी औषधि बनाएर विदेशमा निर्यात गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा खाडी मुलुकलगायत अन्य देशहरूमा करिब लाखौ लाख युवायुवतीले काम पाउने वातावरण बन्छ । हाम्रो देशमा विश्वमा पाउने गाँजाभन्दा अति उत्कृष्ट गाँजा उत्पदन हुने भएकोले विश्व बजारमा महंगोमा बेच्न सकिन्छ । अझ यसलाई प्रयोगशाला र रिसर्च सेन्टरहरू खोलेर राज्यले औषधि उत्पादन गरेर स्वदेशलगायत विदेशमा समेत निर्यात गर्ने वातावरण बनाउने हो भने तमाम युवायुवती रोजगारीका लागि विदेशीनु पर्नेछैन । सबैले नेपालमै काम पाउने वातावरण बन्छ ।
हालसालै अमेरिकाको सिकागो सिटीमा पनि गाँजालाई खुला गरिसकेको अवस्था छ । जुन देशमा प्रकृतिले देशलाई धनी र समृद्ध हुनको लागि सबै देशलाई आ–आफ्नो हावापानीअनुसारको सम्पत्ति दिएको हुन्छ । अरु देशलाई के दिएको छ भनेर भनिरहनु पर्दैन । अरु देश खानको लागि भौतारिइरहेको बेलामा हाम्रा ऋषिमुनिहरूले हाम्रो देशलाई कसरी चलाउने भनेर राम्रा–राम्रा वेद, उपनिषदजस्ता धेरै धार्मिक पुस्तकहरू लेखेर गएका थिए । तिनकै आधारमा देश चलाउँदा देश राम्ररी चलेको पाइन्छ ।
अब आएर सार्वभौम सम्पन्न देश नेपालले त्त्यतिखेर हाम्रो संविधानसभामा गाँजा विधेयक पेस भएको सन्दर्भमा ठुला दलहरु नेपाली काङ्ग्रेस नेकपा एमाले को दुई तिहाइको सरकारले गाँजा विधेयक पास गर्ने उपयुक्त समउ आएको जस्तो लाग्दछ । नेपालमा अमेरिकाले गाजामा शक्ति प्रयोग गरेर अनावश्यक प्रतिबन्ध लगायकोले आज हामि लाइ गरिब बनाएर फ्रड नेता भन्न थालेपछी हामि हम्रो देशमा जेहुन्छ तेहि बेच्ने तहो गाजा प्रति बन्ध तु सदन बाट खारेज गरेर देशलाई समृद्धितिर अगाडि बडाउनुपर्छ । बेलैमा सरकारले सोच्ने बेला आएको छ ।
शिबजिले कालकुट हलाहल बिष पियको बेलामा पिडालाइ समाल्नकोलागि शिबजीले गाजा, भाङ, धतूरो र दूध को सेबन गरेको पाइन्छ। आज पनि शिवजीलाई पुजा गर्दा शिबजीको प्रिय प्रसादी ः– सेतो फूल, बेलपत्र, गाजा, भाङ्, धतुरो, दूध र चन्दन चढाउने चलन यदे्पि छदै छ। सरकार ध्यान जावोस ...!!!!
