ग्यास सिलिण्डर विस्फोट : सात जना आइसियुमा

12.9k Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएकाहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते ११ जनामध्ये सात जनालाई अस्पताल पुर्‍याउन साथ आइसियुमा राखेर उपचारगरिएको अस्पतालका निर्देशक डा.निजीना ताम्रकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य चार जनाको भने वार्डमा उपचाररत हुनुहन्छ । उहाँ भन्नुहुन्छ, “घाइते भएर ल्याइएका ११ जनामध्ये सात जनाको आइसियुमा र चार जनाको वार्डमा उपचार भइरहेको छ ।”

डा. ताम्रकारका अनुसार धेरै जनाको ४०/५० प्रतिशत भाग जलेको हुँदा घाइतेहरुको अवस्था जटिल छ । घाइतेहरुको पहिलो चरणको डे«सिङ भइरहेको ताम्रकारले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार