काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले पार्टीभित्र प्रश्नको मृत्यु भएमा नेतृत्वको स्वेच्छाचारित बढ्ने बताएका छन् । ललितपुरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रीय सदस्यसमेत रहेका उनले अखिल क्रान्तिकारीको चुनावको सन्दर्भ कोट्याउँदै पार्टी विभाजनबारे चलाइएको हल्लालाई पनि अपवाह भनेका छन् । ती हल्लालाई गलत भन्दै उनले त्यसमा आपत्ति पनि जनाएका छन् ।
‘माओवादी पार्टी फुट्न पनि दिइने छैन, पार्टीभित्र प्रश्नको मृत्यु पनि हुन दिइने छैन’, उनले भने, ‘पार्टी फुटले सहिद, देश र जनतालाई धोका हुन्छ । पार्टीभित्र पश्नको मृत्यु भएमा स्वेच्छचारिता अझै बढ्दै जानेछ ।’
पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले इतिहासको अनुभवले पनि यस्ता दुवै प्रवृत्ति प्रवृत्तिलाई गद्धार र धोकेबाजका रुपमा ठहर गरिसकेको बताए ।