स्वर भासिएपछि प्रधानमन्त्री ओली सशस्त्रको कार्यक्रममा गएनन्

11.5k Shares

काठमाडौँ । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

सम्बन्धित समाचार