जाँदाजाँदै बाइडेनले दिए युक्रेनलाई मिसाइल प्रयोगको अनुमति

14.9k Shares

काठमाडौं । अमेरिकाले पहिलोपटक युक्रेनलाई रुसमा आक्रमण गर्नका लागि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको छ ।

बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार बाइडेन प्रशासनले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका लागि अमेरिकी सेनाको सामरिक मिसाइल प्रणाली प्रयोग गर्न सक्ने बताएको हो ।

आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो।

रसिया युक्रेन युद्धले भयानक रुप लिने डरले त्यस्ता आक्रमणहरूलाई अनुमति दिन अस्वीकार गरिँदै आएको भएपनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुभन्दा करिब २ महिनाअघि जो बाइडेनले यस्तो निर्णय लिएका छन् ।

सम्बन्धित समाचार