रास्वपा सभापति रविसँग आज पनि बयान लिइँदै

9.9k Shares

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । 

मंगलबार रुपन्देही लगिएका रविसँग हिजोबाटै बयान लिन थालिएको थियो । उनीसँग आज कार्यालयसमय सुरु हुनबित्तिकै बयान सुरु गरिने भएको छ ।  

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई मंगलबार बुटवल लगिएको थियो । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई बुटवल पुर्याइएको थियो । बयान सकिएपछि उनलाई पोखरा नै फिर्ता पठाइने रुपन्देही प्रहरीले जनाएको छ । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।

उक्त सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ । सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार