18.8k
Shares
मनाङ । बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि हिमाली जिल्लाको रुपमा रहेको मनाङ पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायतका टोलीलाई पुर्व राज्यमन्त्री एवं नेपाली काँग्रेस मनाङ सभापति टेक बहादुर गुरुङको धन्यवाद दिएका छन् ।

बाढी तथा पहिरोले घरवार विहिन र अझै हुन सक्ने क्षतिबाट त्रसित मनाङवासीको पिर मर्का बुझ्दै समाधानको उपाय बारेमा स्थलगत अवलोकान गर्न मनाङ पुगेका पुर्व प्रधानमन्त्री माननीय पुष्प कमल दाहाल ‘प्रचण्ड’, माननीय उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भूषाल, माननिय देव प्रसाद गुरुङ र माननिय यसोदा सुवेदी गुरुङ सहितको सम्पूर्ण टोलीलाई मनाङ जिल्लावासीलाई परेको महावित्तिको अवस्थामा स्थलगत निरीक्षण गरी समस्याको समाधानको उपायको लागि पुगेका सबै विशिष्ठ व्यक्तित्वहरुलाई पुर्व श्रम तथा रोजगार राज्य मन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङ धन्यवाद व्यक्त गरेका छन् । 