काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा सघाउने निर्णय गरेको हो । परिषद्का सभापति तथा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयलाई पालना गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।