कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति

13.6k Shares

काठमाडौँ । शनिबार भारी वर्षापछि कर्मनासा खोलामा आएको बाढीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित स्थानीयले लगाएको धानबालीमा क्षति पुगेको छ । बाढीले ललितपुर महानगरपालिका–२८ स्थित नेकपाका महासचिव विप्लवको निवास हरिसिद्धि र आसपासको क्षेत्र पुरै डुबानमा परेर भौतिक संरचना लगायत धन सम्पत्तिमा क्षति भएको उनको सचिवालयले जानकारी दिएको छ । 

विप्लवको सचिवालयका अनुसार लेदोसहित आएको बाढी खेतमा पस्दा सय रोपनीमा लगाएको धानबालीमा क्षति पुगेको छ । खोला मिचेर साँघुरो बनाएकाले त्यसको असर बस्ती र खेतबारीमा परेको सचिवालयले अनुमान गरेको छ । बाढी पहिरोका कारण काठमाडौँ उपत्यका लगायत अन्य जिल्लाहरूमा धेरै जनधनको क्षति भएको छ ।

 
 
 
सम्बन्धित समाचार