14.1k
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठकमा उपसभामुख इन्दिरा रानाको प्रसङ्ग पनि उठेको छ ।बैठकमा सहभागी रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दिएको जानकारी अनुसार विषय उठान भएको हो । बैठकमा एमाले मुख्य सचेतक
महेश बर्तौलाले उपसभामुखको विषयमा सत्तारूढ दलले केही एक्सन लिने तयारी नगरेको स्पष्ट पारेका थिए । ‘उहाँले तपाईँहरू हतारमा बोल्नुभयो । हामीले केही गर्ने तयारी गरेको हैन भनेपछि मैले त्यसो हो भने धन्यवाद भने‚’ परियारले भने । उपसभामुख रानालाई हटाउन केही दिनअघि बालुवाटारमा सत्तारुढ दलहरूबिच छलफल भएको थियो ।